स्वास्थ्य सामग्री लिन चीन गएको जहाज आज नेपाल फर्किदै



Download our app to get more features

काठमाडौं, १५ जेठ । कोरोना महामारीका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज स्वदेश फर्किदैछ । 

स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले आज चीनबाट २८ टन स्वास्थ्य सामग्री नेपाल ल्याउन लागेको हो । 

यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान चीनको ग्वान्झाओतर्फ गएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आज चीनबाट २८ टन स्वास्थ्य सामग्री नेपाल आउने बताए । 

बिहान साढे १० बजे आईपुग्ने स्वास्थ्य सामग्रीमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), कोरोना जाँचका लागि चाहिने पीसीआर किट, मास्क लगायतका रहेका छन् । 

यसअघि ६ जेठमा सेनाले १८ दशमलव ९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गरेको हो । 

यसअघि सेनाको कन्टेनरले स्थलमार्गबाट ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो । अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts