नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं, १४ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुरको किस्ट हस्पिटलमा ३ दिनअघि बिरामी भएर एक जना बिरामी भर्ना भएका थिए । उनको बुधवार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले जेठ ११ गते अस्पताल भर्ना भएका ललितपुरका ५७ वर्षीय पुरुषको लिभरमा समस्या भएपछि उनको दुई दिनअघि स्वाब संकलन गरेर पठाइएकोमा कोरोना पुष्टि भएको बताए ।
शवलाई शवगृहमा राखिएको र कसरी संस्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
Last modified on 2020-05-27 21:52:46