रौतहटमा थपिए ७ जना कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १४ जेठ । रौतहटमा फेरि ७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरु रौतहटको गढीमाई नगरपालिका ७ का सातै जना पुरुषहरु रहेका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

यसैबीच, कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको छ । भारतको गुजरातबाट नेपाल फर्किदै गरेका सुर्खेत चिगाड ५ का २२ वर्षीय युवकको प्रादेशिक अस्पताल सुर्खेत ल्याउने क्रममा बाटोमै मृत्यु भएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताएका छन् ।

बाथरोगी रहेका उनको अवस्था गम्भीर भएको र अस्पताल ल्याउने क्रममा राति सवा १२ बजे बाटो मै मृत्यु भएको भन्दै प्रमुख तिवारीले मृतकको स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको र नतिजा आउन बाँकी रहेको बताए ।

Last modified on 2020-05-28 10:52:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts