सेती अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु

धनगढी, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ ।
कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनी मंगलवार मात्रै भारतबाट फर्किएपछि आईसोलेसनमा भर्ना भएका थिए । आज बिहान ६ बजे उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको समेत सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।