सप्तरीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, १३ जेठ । सप्तरीमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु बोदेबरसाईन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुंगाका एक जना छन् । जसमा १० जना पुरुष र एक जना महिला रहेको प्रदेश नम्बर २ को सामाजीक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ सय ७९ पुगेको छ भने नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।
Last modified on 2020-05-26 21:28:54