कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि आलोपालो ड्यूटीको व्यवस्था

काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि आलोपालो ड्यूटीको व्यवस्था गरेको छ ।
कोराना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारी नै कोरोनाका कारण संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या हुने भएकाले आलोपालो ड्यूटीको व्यवस्था गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।
डा.अधिकारीले अस्पतालमा उपलब्ध कर्मचारीहरुले सुरक्षा र सावधानी अपनाउँदै दुई समूह बनाएर एक साता एउटा टोलीले काम गर्ने र अर्को साता आराम गर्ने र फेरि अर्को समूहले काम गर्ने गरि व्यवस्था गरिएको बताए ।