नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ । नेपालमा थप ९० जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न प्रयोशगलामा गरिएको परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
Last modified on 2020-05-26 17:05:45