त्रिवि शिक्षण अस्पतालमा कोरोना परीक्षण गर्नेगरी पिसिआर ल्याब स्थापना



Download our app to get more features

काठमाडौं, १२ जेठ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने गरी पिसिआर ल्याब स्थापना गरिएको छ । सो पिसिआर परीक्षण ल्याबको स्थापना आज गरिएको हो । यो ल्याबमा एक सिफ्टमा ९६ जनाको थ्रोट स्वाब परीक्षण गर्ने सकिन्छ ।

ल्याबको उद्घाटन गर्दै त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउन जोड दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले पनि नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा बढाउनका लागिसमेत पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न आग्रह गरिन् । उनले अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने पनि स्पष्ट पारिन् । शिक्षण अस्पतालमा ल्याब स्थापना गरिएसँगै देशभर पिसिआर परीक्षणका लागि सञ्चालन गरिएका ल्याबको संख्या १७ पुगेको छ । 

Last modified on 2020-05-25 15:17:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts