आर्सेनिकम एल्बम ३० सि लाई कोरोना उपचारको औषधि भनि सिफारिस नगरेको आयुर्वेद विभागको प्रष्टिकरण



Download our app to get more features

काठमाडौं, १२ जेठ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले Arsenicum Album 30 सि लाई कोरोना भाइरस (कोभिड–१९) को अचुक होमियोप्याथिक औषधि भन्दै बिक्री वितरण भइरहेकोमा आपत्ती जनाएको छ । 

विभागद्वारा जारी विज्ञप्ति अनुसार यो औषधिलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने तथा लाक्षणीक रोकथामको उपायको रुपमा होमियोप्याथीक चिकित्सकको सुझाव बमोजिम मात्र प्रयोग गर्न उल्लेख छ । तर कतिपयले सो होमियोप्याथीक औषधिलाई कोरोनाको औषधि वा कोभिड –१९ को अचुक उपचार भन्ने भ्रमात्क प्रचारप्रसार भएको तथा औषधिमा कोरोना वा कोभिड –१९ को औषधि भनी लेबुल नै टाँसेर समेत वितरण गर्न थालेपछि विभागको ध्यानाकर्षण भएको जनाएको छ । 

तसर्थ यस्ता औषधिसम्बन्धी भ्रमात्मक प्रचारप्रसार नगरि दिन विभागले अनुरोध गरेको छ । यस्ता औषधि दर्तावाल र आधिकारीक होमियोप्याथीक चिकित्सकको सल्लाह सुझावमा मात्रै प्रयोग गर्न पनि आग्रह गरेको छ ।  

Last modified on 2020-05-25 15:34:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts