सप्तरीमा फेरि थपिए दुई जना कोरोना संक्रमित

काठमाडौं, १२ जेठ । सप्तरीमा फेरि दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सप्तरीका दुई जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु दुवबै जना सप्तरीको डाक्नेश्वरी नगरपालिकाका २२ र ३४ वर्षीय पुरुषहरु हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ११ पुगेको छ ।