प्रदेश ५ मा फेरि थपिए ५ जना कोरोना संक्रमित

दाङ, ११ जेठ । प्रदेश नम्बर ५ का दुई जिल्लामा फेरि ५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका कायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवक र बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश ५ मा कोरोना संक्रमित संख्या २ सय ८६ पुगेको छ भने हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।
प्रदेश ५ मा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।
Last modified on 2020-05-24 21:27:46