नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, ११ जेठ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा थप १९ जना नयाँ कोरोना संक्रमित थपिएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश १ मा विराटनगरका ४५ वर्षीय एक जना पुरुष, रािष्ट्य जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय, पर्सा २५ वर्षीय पुरुष, घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट स्थायी घर भइ बारा कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुरका ४८ वर्षीय परुष, रुपन्देही समरीमाईका ४० र ४५ वर्षीय दुई जना, रुपन्देही एकका पुरुष, काठमाडौं सोह्रखुट्टेका एक जना ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष, प्रादेशिक जनस्वास्थ्य पं्रयोगशाल भैरहवमा गरिएको परीक्षणमा रुपन्देही गैडिहवाका २३, ३० र ४० वर्षी ३ जना पुरुषहरु, कपिलवस्तु खैराती ३ का ३ जना ३५, ३७ र  ५२ वर्षीय पुरुष, गुल्मी मदाने गाउँपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । 

नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ५ सय २४ जना पुरुष र ७९ जना महिला रहेका छन् भने नेपालका ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यस्तै कोरोना संक्रमित भएकामध्ये ८७ जना स्वस्थ भएर घर फर्किएका छन् ।      

Last modified on 2020-05-24 16:40:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts