कोरोना संक्रमित ग्राण्डी अस्पतालका कर्मचारीलाई पाटन पठाइयो



Download our app to get more features

काठमाडौं, ११ जेठ । ग्राण्डी इन्टरनेशनल अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका एक जना ३५ वर्षीय पुरुषले स्वइच्छाले पिसिआर जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले अस्पतालको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारको निर्देशिका अनुसार उपचारका लागि पाटन अस्पताल पठाइएको बताएका छन् ।

उनले संक्रमित व्यक्ति देखिएपछि अस्पतालका सबै व्यक्ति र उनको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु गरिएको बताए । 

गत जेठ ६ गते काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएकोमा ग्राण्डी अस्पतालका एक जना रहेको पनि डा.पाण्डेले जानकारी गराए । 

Last modified on 2020-05-24 07:39:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts