नेपालमा थपिए ३२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं, १० जेठ । नेपालमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनमा गरि ३२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु क्रमशः, कपिलवस्तु वाणगंगाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षका पुरुया र २७ वर्षीया एक जना महिला, सर्लाही गोडैता र कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुषहरु, बारा करैयामाई गाउँपालिकाका ३५ वर्षीया एक जना महिला, रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४,२७, ३०, ३० र ५५ वर्षका पुरुषहरु र चितवन भरतपुरका ५२ वर्षका एक जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।