बारामा एकैदिन ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ सय १६ पुग्यो



Download our app to get more features

काठमाडौं, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु क्रमशः मकवानपुरका ५४ वर्षीया र भक्तपुरका ४२ वर्षीया महिला, सप्तरी बलानका ३५ वर्षीय पुरुष र बारा सिमरौनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् भने नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts