स्क्रब टाइफस निको भएका डडेल्धुराका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

धनगढी, ९ जेठ । डडेल्धुराका कोरोना संक्रमित व्यक्ति सरकारी कर्मचारी रहेको बुझिएको छ ।
स्क्रब टाइफस रोगबाट निको भएर घर फर्केका डडेल्धुराका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय कोरोना संक्रमित पुरुष डडेल्धुराको शहरी विकास डिभिजन कार्यालयका कर्मचारी हुन् ।
डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले अस्पतालबाट डिस्चार्ज भईसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए । ‘ती पुरुषमा स्क्रब टाइफस पनि देखिएको थियो । सञ्चो भएर उनी घर फर्किसकेका थिए । अहिले सम्पर्कमा ल्याएर आईसोलेसनमा राख्ने तयारी छ ।’ डाक्टर विष्टले भने ।
उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । जसको नतिजा शुक्रवार आएको र उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबीच उनी कार्यारत शहरी विकास डिभिजन कार्यालयका शिल गरिएको छ भने उनको कन्ट्र्याक्ट ट्रेसिंगको काम पनि सुरु गरिएको छ ।