कोरोना संक्रमणबाट ज्यान गुमाएका गुल्मीका शिक्षककोे ३२ घण्टापछि शव उठ्यो

रुपन्देही, ९ जेठ । कोरोना भाइरस (कोभिड–१९) का कारण निधन भएका गुल्मीका एक शिक्षककोे शव ३२ घण्टापछि शुक्रबार दिउँसो व्यवस्थापन गरिएको छ । उनको तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा विहीबार विहान उपचारकै क्रममा ज्यान गएको थियो । शिक्षकको शव स्थानीय प्रशासनले व्यवस्थापन गरेको हो ।
१ जेठमा उपचारका लागि अस्पतालमा आएका उनको विहिवार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको थियो । अस्पतालले मृत्युको घोषणा गरे पनि मृतकका आफन्तहरुले उपचारमा लापरबाही भएको भन्दै शव व्यवस्थापनमा सहमति नदिएका कारण शब अस्पतालकै आईसियुमै थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अपरान्ह २ बजे शव व्वस्थापन गरेको जनाएको छ । उनको शव अस्पतालबट बहिर अस्पतालकै कर्मचारीले ल्याएका थिए भने अस्पतालबाट बहिरको व्वस्थापन नेपाल प्रहरी र नेपाली सेनाको टोलीले गरेको छ। कोभिड–१९ निर्देशिकाअनुसार शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन रुपन्देहीले जनाएको छ ।
स्थानीय प्रशासनले तिलोत्तमा नगरपालिका कै वडा नम्बर १ स्थित शंंकरनगर सामुुदायिक वन क्षेत्रमा शब व्वस्थापन गर्ने निर्णय गरेको थियो । मृतकका आफन्तले भने अस्पतालको लापरवाही गरेको र माफी माग्नु पर्ने बताउँदै आएका थिए ।