कोरोनाको कारण मृत्यु भएकी महिलाको आफन्तमा कोरोना पाइएन

काठमाडौं, ९ जेठ । कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको आफन्तलाई डिस्चार्ज गरिएको छ ।
गत जेठ २ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको कारण मृत्यु भएपछि उनका आफन्तलाई धुलिखेल अस्पतालको आइसोलसनमा राखिएको थियो ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले नवजात शिशु लगायत मृतक परिवारका सदस्यहरुको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा कोरोना नभएको पाइएपछि डिस्चार्ज गरिएको बताए ।
उनले धुलिखेल अस्पतालमा उपचाररत मृतक कोरोना संक्रमित महिलाका आमाबुबा, अन्य परिवारजन र शिशुमा कोरोना नभएको पुष्टि भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको जानकारी गराए ।