प्रदेश ५ को तराई र पहाडमा गरि साढे दुई सय शय्याको आइसोलेसन केन्द्र बनाइने

रुपन्देही, ९ जेठ । प्रदेश ५ सरकारले तराई र पहाड क्षेत्रमा गरि साढे दुई सय शय्याको आइसोलेसन केन्द्र बनाउने भएको छ ।
प्रदेश ५ को मन्त्री परिषदको बैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।
आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ ।
Last modified on 2020-05-22 14:30:03