नेपालमा एकैपटक थपिए ३० जना कोरोना संक्रमित

काठमाडौं, ९ जेठ । नेपालमा एकै पटक ३० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रािष्ट्रय जनस्वास्थ्य प्रयोगशाला टेकु र चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा गरि थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु चितवन, रुपन्देही, कपिलवस्तु, सर्लाही, नवलपरासी लगायतका जिल्लाका रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
Last modified on 2020-05-22 10:26:48