बाँकेका २१ जना कोरोना संक्रमित निको भएर आज घर फर्किदै



Download our app to get more features

काठमाडौं, ९ जेठ । बाँकेमा आज एकै पटक २१ जना कोरोना संक्रमित स्वस्थ भएर घर फर्किदै छन् ।

बाँकेमा पहिलो पटक वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । उनि सहित बाँके जिल्लाकै २१ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै बाँकेमा भेटिएका पहिलो संक्रमित सहित २१ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको बताए ।

उनले संक्रमितहरुको १४ दिनपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट लगातार दुई पटकसम्म नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको बताए ।

उनले भने, 'संंक्रमितको २४ घन्टाको फरकमा गरिएको कोरोना परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि आज १०/११ बजेतिर डिस्चार्ज गर्ने तयारी छ । डिस्चार्ज हुनेमा महिला पुरुष दुबै छन् ।'

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १ छ । जसमा एक जनाको मृत्यु भएको छ भने २१ जना आज डिस्चार्ज हुँदैछन् । अब ७९ जना अस्पतालमा उपचाररत छन् ।

Last modified on 2020-05-22 08:53:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts