बाँके र कपिलवस्तुमा फेरि थपिए कोरोना संक्रमित

प्रदेश ५ का दुई सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ



Download our app to get more features

काठमाडौं, ८ जेठ । बाँके र कपिलवस्तुमा फेरि कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको क्रममा बाँके र कपिलवस्तुका गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु बाँके खजुराका ४२ वर्षीया महिला र नरैनापुरका ३२ वर्षीउ पुरुष छन् भने कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीए एक जना युवक रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

यसैबीच, प्रदेश नम्बर ५ मा २ सांसदसहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरुको बिहीवार गरिएको आरडिटी परीक्षणमा दुई जना सांसद, २ जना चालक र सुरक्षाकर्मीमा आरडिटी पोजेटिभ देखिएको हो ।

संसद बैठक हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदहरुको कोरोना परीक्षण गरिएको हो ।

त्यस्तै कर्मचारी, सुरक्षाकर्मी र संसदमा रिपोटिङ गर्ने पत्रकारहको पनि आरडिटी परीक्षण गरिएको छ ।  

बिहीबार ३ सय ९८ जनामा गरिएको परीक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिएको  प्रदेशसभाका  प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए ।

जसमा २ जना सभासद, २ जना चालक र अन्य कर्मचारी रहेका छन् । ४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।  भोलिदेखि प्रदेशसभाको बैठक बस्दैछ । आज रिपोर्ट पोजेटिभ आएकाहरु भने होम क्वारेटाईनमा बस्नेछन्  ।
 

Last modified on 2020-05-21 21:22:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts