कैलालीबाट अछाम पुगेकी महिलाको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखियो



Download our app to get more features

धनगढी, ८ जेठ । कैलालीबाट अछाम पुगेकी एक महिलामा तीन पटकसम्म आरडिटी परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखाएको छ।  मेल्लेख गाउँपालिका–५ स्थित जनता माविको क्वारेन्टाइनमा रहेकी ती  महिलामा पटकपटकको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि अस्पताल पठाइएको छ । 

गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराका अनुसार आरडीटी पोजेटिभ पुष्टि भएपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।  ‘क्वारेन्टाइनमा रहेका ११ जनामा र्‍यापिड टेस्ट गर्दा एक महिलामा पोजेटिभ देखाएको हो। उनलाई बयलपाटा अस्पतालको आईसोलेसनमा भर्ना गर्न एम्बुलेन्समार्फत पठाइएको छ’ अध्यक्ष बोहराले भने। उनको अब स्वाब संकलन गरी पिसिआरमार्फत कोरोना परीक्षण गरिनेछ। उनी एक साताअघि कैलालीबाट अछाम गएकी थिइन्।

Last modified on 2020-05-21 16:00:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts