उपत्यकाका नाका शिल गर्न परिपत्र, अत्यावश्यकले पनि आरडिटी परीक्षणको रिर्पोट साथैमा ल्याउनुपर्ने

काठमाडौं, ८ जेठ । गृह मन्त्रालयले अत्यावश्यकहरुलाई मात्रै काठमाडौं उपत्यकामा प्रवेश गराउने भएको छ । यस्तो अवस्थामा पनि अनिवार्य रुपमा कोरोना नभएको पुष्टि गर्ने परीक्षण रिर्पोट हुनुपर्ने उल्लेख गरेको छ । १ जेठको बैठकमा भएको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई गर्न सम्बन्धित स्थानीय तहलाई बुधबार परिपत्र गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा १ जेठमा बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए।
उपत्यकाभित्र कोरोनाभाइरस जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारहरुलाई परिपत्र पठाएको हो। ‘काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नो खर्चमा आरडिटी परीक्षण गरि सोको रिर्पोटको साथ काठमाडौं उपत्यकामा प्रवेश अनुमतीका लागि माग गर्ने । ' गृह मन्त्रालयद्वारा बुधबार जारी परिपत्रको बुँदा नम्बर ४ मा उल्लेख छ ।
गृह मन्त्रालयद्वारा स्थानीय तहलाई गरेको परिपत्र