सिन्धुपाल्चोककी महिलाको कोभिड-१९ का कारण मृत्यु भएपछि उनी बस्ने टोखामा नमूना संकलन



Download our app to get more features

काठमाडौं, ७ जेठ । सिन्धुपाल्चोककी एक जना महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि उनी बस्ने काठमाडौंको टोखा नगरपालिकामा नमूना संकलन गरिएको छ ।

उनी बस्ने भनिएको टोखा नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा बुधवार पिसिआर परीक्षणका लागि झन्डै ५८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ सय ५० जनाको आरडिटी परीक्षण पनि गरिएको मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएपनि उनी बस्ने काठमाडौंको अस्थायी ठेगानामा सरकारले नमूना परीक्षण गरेको हो ।
 

Last modified on 2020-05-20 20:30:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts