प्रदेश ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु



Download our app to get more features

रुपन्देही, ७ जेठ । प्रदेश नम्बर ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु भएको छ । 

समाजीक विकास मन्त्रालयले कोरोना भाइरस कोभिड १९ सँग सम्बन्धी प्रदेशमा भएका गतिविधिलाई समेटेर दैनिक जानकारी गराउने उदेश्यका साथ कोरोना अपडेट सुरु गरेको हो ।

जस अनुसार आज प्रदेश ५ का १२ जिल्लामा भएका गतिविधि यस्तो छ 
१२ जिल्लामा ७ सय ५० क्यारेनटाईन जसमा १५ हजार ४ सय ४७ व्यक्ति छन् । प्रदेश ५ का विभिन्न स्थानमा गरि २४ हजार ६ सय ९० क्षमताको आइसोलेसन बेड छन् ।

आरडिटी टेष्ट ः ९ हजार ७ सय ७९ गरिएको । त्यसमध्ये बाँके ३, अर्घाखाँची १ रुपन्देही १, नवलपरासी १, प्युठान २, कपिलवस्तु २२ गरि ५२ जनामा पोजेटिभ देखिएको छ ।

पिसिआर विधिबाट ६ हजार ८ सय ११ परीक्षण गरिएको । जसमा ५ हजार ४ सय ७४ जनाको रिपोर्ट आएको र १३ सय ३७ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ का ३ स्थानमा रहेका प्रयोगशालाबाट परिक्षण भइरहेको छ । ती हुन्, भैरहवा, दाङ र नेपालगञ्ज । 

पिसिआरमा हालसम्म १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रदेश ५ का अस्पताल विकास तथा चिकित्सक महाशाखाका प्रमुख डा. उमाशंकर  प्रशाद चौधरीका अनुसार भारतबाट नेपाल आउनेको क्रम बढ्दै गएपछि क्वारेन्टाइनहरुको व्यवस्थापन गर्ने तयारी भएको छ ।
 

Last modified on 2020-05-20 18:16:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts