३ वर्षको बालकसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको पिसिआर परीक्षणमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले संक्रमित हुनेहरुमा ३ वर्षको बालकसहित ४८ वर्षका व्यक्तिहरु रहेको बताए । 

उनले २५ जनामा १८ जना पुरुष र ७ जना महिला रहेको भन्दै संक्रमितहरु बाँके नरैनापुरका १७, २०, २८, ३० र ४० वर्षका गरि ५ जना पुरुष र २७ वर्षका पुरुष खजुराका  रहेको बताए ।

यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित फेला परेकोमा एक जना महिला र ४ जना पुरुष छन् । उनीहरुको उमेर २८, २९, ३५, ३७ वर्षका पुरुष र २४ वर्षका एक जना महिला रहेका छन् । 

यस्तै कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३ जना २२, ३५, र ४८ वर्षीय पुरुष, यस्तै महाराजगञ्ज गाउँपालिकाका ३, ४, ६ वर्षीय बालक, १६, २५ र ३२ वर्षीय महिला, १२, २०, २४ र ३४ वर्षीय पुरुष रहेका छन् । 

यो सहित नेपालमा कोरना संक्रमितको संख्या ४२७ पुगेको छ । 

संक्रमित मध्ये तीन सय ५८ पुरुष छन् भने ४२ जना महिला छन् । 

डा. देवकोटाका अनुसार नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

कोशी अस्पतालबाट ८ जना डिस्चार्ज

कोरोना संक्रमण सम्बन्धी नियमित ब्रिफिङका क्रममा डा. देवकोटाले मोरङस्थित कोशी अस्पतालमा उपचाररत मध्ये आज ८ जना डिस्चार्ज भएको जानकारी दिए । उनीहरु २९ देखि ३३ दिन अस्पतालमा बसेका थिए । योसँगै कुल ४५ जना कोरोनामुक्त भइ डिस्चार्ज भइसकेका छन् । 

यस्तै डा. देवकोटाले क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा गम्भीर रहेको जानकारी दिए । यसअघि विभिन्न सञ्चारमाध्ययमले उनको मृत्यु भएको समाचार संप्रेषण गरेकोमा यस्तो विषयमा गम्भीर हुन उनले आग्रह गरेका छन् ।

Last modified on 2020-05-20 16:52:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts