उपचाररत बिरामीको मृत्यु भयो भन्नु भ्रामक र गलत : क्रिमसन अस्पताल

रुपन्देही, ७ जेठ । गुल्मीका कोरोना भाइरत संक्रमित शिक्षकको मृत्यु नभएको उपचाररत अस्पतालले प्रष्टाएको छ । अस्पतालमा उपचाररत मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको हो ।
मृत्यु भएको भन्ने समाचार गलत भएको जानकारी दिदै अस्पतालले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘उपचाररत कोरोना संक्रमितको मृत्यु भएको भनेर समाचार आउनु गलत र भ्रामक हो ।’ रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ मृत्यु भएको होइन । अस्पताल संचालक सुरुज भट्राईले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए । उनले भने, ‘उपचार भइरहेको छ ।
२५ वैशाखदेखि नै सामान्य ज्वरो र खोकी देखिएका हो । उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै १ जेठदेखि रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।’
उनमा जण्डिस र मिर्गौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । प्रादेशिक जनस्वास्थ्य प्रयोशाला भैरहवामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।