रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु हल्लामात्र



Download our app to get more features

रुपन्देही, ७ जेठ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमितको अवस्थाबारे क्रिमसन अस्पतालबाट दुई थरी खबर बाहिरिएपछि जनमानसमा तनाब र भ्रम उत्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको प्रतिक्रिया दिएका छन् । भेन्टिलेटरमा राखिएका बिरामीको अवस्था अहिलेसम्म स्थिर रहेको पाण्डेले बताए ।

तर, कतिपय सञ्चारमाध्यमले भने अस्पतालकै संचालक दुर्गा पाण्डेको भनाइलाई उद्ध्त गर्दै अस्पतालमा उपचाररत कोरोना संक्रमितको बिहानै मृत्य भएको समाचार प्रकाशित गरिसकेका छन् । त्यति मात्रै नभई कतिपय सञ्चार माध्यमले प्रदेश ५ का सामाजीक विकासमन्त्रीको नाम उल्लेख गर्दै समाचार प्रकाशन गरेका छन् ।

यो विषयमा सामाजीक विकासमन्त्रीसँग कुरा हुन नसकेपछि मुख्यमन्त्रीका प्रेस संयोजक शेर बहादुर केसीले क्रिमसन अस्पतालको आईसीयूमा उपचाररत बिरामीको मृत्यु बारे कुनै तथ्य प्रमाणित नभएको र आधिकारिक स्रोतको पुष्टि बिना नै समाचार प्रसारण गर्नु उचित नभएको बताएका छन् ।

अस्पतालले सही सूचना नदिँदा आम जनमानसमा भ्रम उत्पन्न भएको छ । यसबारे यथाशिघ्र प्रदेश सरकारले जवाफ दिन जरुरी देखिएको छ । मृत्यु नै नभैकन बाहिर आएको समाचार भ्रामक र गलत भएको अस्पतालका अध्यक्ष पाण्डेले बताए ।

शिक्षण पेशामा आवद्ध ती पुरुष बिरामी भएपछि सुरुमा आफ्नो गाउँ नजिकैको अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि मोटरसाइकलमा मणिग्राममा रहेको क्रिमशन अस्पतालमा पुगेका थिए ।

कोरोना लागेको पुष्टि भएसँगै क्रिमसन अस्पतालले कोरोना विशेष अस्पतालमा सार्न आग्रह गरेको थियो । तर, उनको जटिल अवस्था र कोरोना विशेष अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनलाई क्रिमसनकै आईसीयूमा राखिएको थियो ।

Last modified on 2020-05-20 12:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts