स्वाब संकलनमा खटिएका एक जना डाक्टरमा कोरोना संक्रमण

काठमाडौं, ६ जेठ । स्वास्थ्य सेवा विभागमा रहेका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल सरकारको तर्फबाट छात्रवृत्तिमा अध्ययनरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य सेवा विभागका एक जना कर्मचारीले नाम नखुलाउने शर्तमा दिएको जानकारी अनुसार कपिलवस्तुमा स्वाब संकलनका लागि खटिएका डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनी स्वास्थ्य सेवा विभागको तर्फबाट स्वाब संकलनका लागि कपिलवस्तु पुगेका थिए ।
हालसम्म नेपालमा नर्समा मात्रै कोरोना संक्रमण पुष्टि भएकोमा पहिलोपटक डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
Last modified on 2020-05-19 20:03:27