२७ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ६ जेठ । आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

थपिएका नयाँ संक्रमितहरु क्रमशः झापाका ९, मोरंगका १, सुनसरीका १, सर्लाहीका २, रामेछापका एक, लमजुंगका एक, मकवानपुरका एक, काठमाडौंका ३, भक्तपुरका १, सिन्धुलीका एक, ललितपुरका १, कपिलवस्तुका ४ र नवलपरासीका एक जना रहेका छन् । यी मध्ये ३ जना महिला र २४ जना पुरुष रहेका छन् ।

नेपालमा हालसम्म ३६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ भने ४ सय २ जना कोरोना संक्रमितमा देखिएकामध्ये ३ सय ४० र महिला ६२ जना रहेका छन् । 

मंगलवार संक्रमण देखिएकाहरुको कन्ट्र्याक्ट ट्रेसिंगको काम सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए ।  

झापाका ६२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोशी अस्पतालमा कोरोना पुष्टि भएपछि उपचाररत ती पुरुष २५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमित मध्ये ३७ जना स्वस्थ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा.विकास देवकोटाले प्रदेश २ र प्रदेश ५ मा १०र १० जनाको चिकित्सक सहितको टोली परिचालन गरिएको बताए । 

Last modified on 2020-05-19 16:38:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts