स्वास्थ्य सामाग्री खरिदमा एक रुपैयाँ मात्रै भ्रष्टाचार भए पनि कारवाही हुन्छ : प्रधानमन्त्री ओली  



Download our app to get more features

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्य सामाग्री खरिदमा एक रुपैयामा मात्रै पनि भष्टाचार भएको पाइए कारवाही हुने बताएका छन् । संसदमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले कोरोना भाइरसले अकल्पिनिय रुपमा आक्रमण गरेको र सोही कारण क्षति बढी भएको बताए । उनले भने, ‘हामी हामी तयारी अवस्थामा थिएनौ । कोरोना भाइरसले यसरी आक्रमण गरेर विश्व अर्थतन्त्र नै ध्वस्त बनाउँछ भन्ने कल्पाना समेत गरेका थिएनांै । हामीले कोरोना भाइरसको पहिलो परीक्षण नै हङकङमा गराएका थियौं । त्यसपछि मात्रै नेपालमा तयारी सुरु भएको हो ।’  यतिबेलासम्ममा विश्वभर नै कोरोनाविरुद्धको औषधि र स्वास्थ्य सामाग्रीको माग धेरै भइरहेको उनले बताए । उने भने, ‘तर यस्ता सामाग्रीको निर्याता भने चीनबाट मात्रै हुँदै आएको थियो । हामीले विश्वभर चरमा माग भइरहेको बेला औषधि ल्याउने तयारी गर्यौं ।’

औषधि खरिदको विषयमा केही संचार माध्यमले अनावश्यक कुराहरु लेख्दै आएको पनि उनले आरोप लगाए । उनले यस्तो अवस्थामा यदि कसैले एक रुपैयामा मात्रै भष्ट्रचार वा अनियमितता गरेको पाए सबैलाई कारबाही हुने प्रतिबद्धता जनाए । उनले भने, ‘यी सामाग्री सार्वजनिक खरिद ऐन अनुसार नै गरेका हौ । विशेष अवस्थाको खरिद प्रक्रिया हो अहिले ।’ स्वास्थ्य विभागका डिजीले प्रक्रियाअनुसार नै काम गरेको उनको भनाइ थियो ।  सकेसम्म छिटो, सकेसम्म चाडो स्वास्थ्य सामाग्री ल्याउने प्रयास गरेको उनले बताए ।

प्रधानमन्त्रीले कोरोना संकटका बेला मन्त्रालयले नै स्वास्थ्य सामाग्री खरिद गर्न सक्ने पनि बताए। ‘मन्त्रालय र विभागका महानिर्देशकले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट गराउन सक्छ। एक तह माथिका कर्मचारीलाई जानकारी दिन सक्छ,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्दैन। सचिवलाई रिपोर्टिङ गर्छ।’
उनले स्वास्थ्य सामाग्री खरिदमा कसैले एक रुपैयाँ अनियमितता गरेको छ भने पनि छानबिन गरेर कारवाही गर्ने बताए। ‘हरेक कुरामा भ्रष्टाचारमात्र देख्नु र मन नपरेकोलाई लगेर जोडिदिनू राम्रो होइन,’ उनले भने।

उनले क्वारेन्टाइनका संख्या पनि थपिरहेको जनाए । विश्व स्वास्थ्य संगठनले तोकेको स्तर अनुसार बनाउने प्रयास भइरहेको उनले बताए । यस्तैगरी स्वास्थ्य सामाग्री पनि आउने क्रम जारी छ । यद्यपि, धेरै सिमितता रहेको उनले जनाए । उनले भने, ‘क्वारेन्टाइन, परीक्षण र उपचारमा विश्व स्वास्थ्य संगनठनले तोके अनुसार गछौं ।’ उनले कोरोना भाइरस नियन्त्रण र रोकथाममा सांसदहरुले समन्वयकारी, चेतनाअविवृद्धि भूमिका निभाइरहेकोमा प्रशंसा पनि गरे । उनले भने, ‘तपाइहरुको भूमिकात अनुगमनकारी भएको देख्न चाहन्छु । नागरिकले पनि यही अपेक्षा गरेका हुन्छन् । यसको तयारी र अगुवाइ सरकारले गर्ने हो र माननीयजीहरुले गर्नु भएको सहयोगको लागि धन्यवाद ।’

Last modified on 2020-05-19 15:29:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts