कोरोना संक्रमित गुल्मीका शिक्षक आईसियूमा उपचाररत



Download our app to get more features

रुपन्देही, ६ जेठ । गुल्मीका कोरोना संक्रमित शिक्षकलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।  

गुल्मीको मदाने गाँउपालिका ६ का ४१ वर्षीय शिक्षकमा सोमवार कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

क्रिमसन अस्पतालले आज एक विज्ञप्ति जारी गरि विभिन्न सामाजीक सञ्जालमा  नकारात्मक हल्ला फैलाएका र यस्ता गलत हल्ला नफैलाउन आग्रह गरेको छ । सूचना सत्यतथ्य बुझेर सामाजीक सञ्जालमा राख्न पनि अस्पतालले आग्रह गरेको छ । 

अहिलेसम्म सरकारी क्षेत्रबाट कुनै पहल नभएको र अस्पतालका कर्मचारी त्रसित रहेको अस्पतालले जनाएको छ ।

गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या भएपछि उपचारको लागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।
 

Last modified on 2020-05-19 10:47:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts