कर्णाली प्रदेशमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ३ सय ७५



Download our app to get more features

काठमाडौं, ५ जेठ । नेपालको सात वटै प्रदेश कोरोना भाइरसको चपेटमा परेको छ ।

हालसम्म कोरोना संक्रमित फेला नपरेको कर्णाली प्रदेशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार राति १०ः १५ मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । यसअघि सोमवार दिउँसो मात्रै ५३ जनामा कोरोना संक्रमित फेला परेका थिए ।

नयाँ संक्रमितहरु दैलेखको आठबिस १ का एक जना पुरुष, धनुषाका २ जना पुरुष, खोटांगका एक जना पुरुष, सुनसरीका एक जना पुरुष, झापामा थप एक जना पुरुष र बाँके नरैनापुरका १२ जना पुरुषहरु रहेका छन् ।

Last modified on 2020-05-18 22:39:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts