बाजुराका थप दुई बालकमा कालाजार भेटियो



Download our app to get more features

बाजुरा, ५ जेठ । बाजुरामा थप दुई बालकमा कालाजारको संक्रमण भेटिएको छ । 

जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिए ।

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए । सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ । कोल्टी क्षेत्रमा गतवर्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts