धनकुटा र विराटनगरमा पहिलो पटक देखिए कोरोना संक्रमित

काठमाडौं, ४ जेठ । धनकुटा र विराटनगरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणको क्रममा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा धनकुटाका ३४ वर्षीया महिला, विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षका पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।
Last modified on 2020-05-17 20:12:58