कोरोना आशंकामा कैलालीका चार जना सेती अस्पतालको आइसोलेसन भर्ना 



Download our app to get more features

धनगढी, ४ जेठ । कोरोना भाइरस (कोभिड–१९) आशंकामा कैलालीका चार जना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका–५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ।

आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी २७ वर्षीया महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको छ। ती महिलाका भाई दुई महिनाअघि देहरादुनबाट आएको बुझिएको छ । धनगढीका ३० वर्षीय पुरुष डेढ महिनाअघि मलेसियाबाट आएको बताइएको छ। ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै गेटाका ३० वर्षीय पुरुषमा ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts