भारतद्वारा ३० हजार थान पिसिआर किट हस्तान्तरण



Download our app to get more features

काठमाडौ, ४ जेठ । भारतले नेपाल सरकारलाई ३० हजार जनालाई कोरोना भाइरस परीक्षण गर्न पुग्ने पिसिआर किट सहयोग गरेको छ । आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ती सामान हस्तान्तरण गरेका हुन् ।

गत २२ अप्रिलमा पनि राजदुत क्वात्राले २३ टन स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । यसपटक दिएको किट भने भारतीय नागरिकका तर्फबाट नेपाल सरकारलाई उपहारस्वरुप दिएको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यी पिसिआर किट भारतको पुणेमा बनेका हुन् । किट हस्तान्तरणका क्रममा राजदुत क्वात्राले भारत र नेपाल मात्रै नभइ विश्वले नै सामाना गरिरहेको साझा समस्या कोभिड– १९ सँग लड्न सहयोग मिल्ने बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts