कर्णाली प्रदेशमा सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने तयारी



Download our app to get more features

काठमाडौं, ४ जेठ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण नेपालको सात प्रदेशमध्ये एउटामा मात्रै कोरोना भाइरसको संक्रमणले हालसम्म छुन सकेको छैन । 

कर्णाली प्रदेश नेपालको एक मात्र प्रदेश हो जहाँ हालसम्म कोरोना भाइरसका संक्रमित फेला परेका छैनन् । जुन खशुीको कुरा हो । 

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको कर्णाली प्रदेशको कोरोना भाइरस रोकथामको पुर्वतयारी प्रसंशायोग्य रहेको देखिएको छ । पछिल्ला दिनहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगुवाईमा कोरोना रोकथामका विभिन्न कार्यहरु प्रभावकारी रुपले सञ्चालन भइरहेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले हाम्रो डाक्टर न्यूजलाई बताए ।

प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालामा हालसम्म करिव दुइ हजार पीसीआर टेस्ट भएको छ भने सबै नतिजा नेगेटिभ आएको पनि उनले बताए ।
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै श्रोतमा २७ लाख रुपैयाँ खर्च गरी पीसीआर मेसिन र किट किनेको र आगामी दश दीनमा पाँचदेखि दश हजार जनाको टेस्ट गर्ने योजना रहेको निर्देशक डा. रावलले बताए । 

साथै प्रतिस्ठानले अस्पतालमा काम गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।

Last modified on 2020-05-17 11:43:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts