रौतहटमा एकैदिन थपिए १० जना कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, ४ जेठ । रौतहटमा एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिकाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु र रौतहट इशनाथ नगरपालिकाका २८, ३० र ३३ वर्षका महिलाहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा योसँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts