धन्य भगवान ! एक त्यान्द्रो आशले मृत्युलाई जितें
काठमाडाै । हिजोआज २४ वर्षीय दिलीप लिम्बूको मुहार खुशीले धपक्क बलेको देखिन्छ । करिब एक तिहाई जीवनमात्र बाँचेका लिम्बूका अनुहारमा सलबलाएका खुशीहरुको पछाडी कहाली लाग्दो विगत छ । जुन सम्झँदामात्र पनि असह्य पीडा हुन्छ । जीवनदेखि हरेस खाइसकेका लिम्बूलाई आशाको सानो त्यान्द्रोले असीम खुशीको यो बिन्दुसम्म डोर्याएको छ ।
तेह्रथुम जिल्ला जलजले ९ का दिलीप लिम्बू आर्थिक स्थिति राम्रो बनाई परिवारमा खुशीको बहार ल्याउन १५ महिना अघि मलेसिया पुगे । परिवारका जेठा छोरा भएकाले पनि उनको काँधमा परिवारप्रतिको दायित्व थियो । पहिलो पटक वैदेशिक रोजगारीमा गएका लिम्बूको पैसा कमाएर परिवारको आर्थिक स्थिति उकास्ने एकमात्र लक्ष्य थियो । तर, उनको त्यो सपनामा त्यतिबेला बज्रपात भयो । जब उनका दुवै हात खुट्टा नचल्ने अवस्थामा पुगे । मर्नु र बाँच्नुको दोसाँधमा वर्षदिनमै लिम्बू आफ्ना तमाम सपनालाई तिलाञ्जली दिएर नेपाल फर्किए ।
मलेसिया पुगेको ११ महिना पछि उनको स्वास्थ्य स्थिति एक्कासी बिग्रियो । उपचारका लागि २१ दिन आइसियूमा बस्नु पर्यो । सुरुमा उनलाई मलेरीया भयो । एक हप्ताको आराम पछि निको पनि भयो । पछि गएर हात खुट्टा झमझमाउने, लुलो हुने र शक्तिहीन जस्तो भयो । उपचारको गराउने क्रममा भिटामिनको कमिले भएको भनेपछि एक हप्ता भिटामिन पनि सेवन गरे । तर समस्या ज्यूँका त्यूँ भयो । बरु समस्या झनै बढेर हातखुट्टा नै चल्न छाड्यो । त्यसपछि उनलाई कम्पनीले अस्पताल पुर्यायो । उनलाई फेरी आइसियूमै भर्ना गर्नुपर्ने भयो । सुन्ने, बोल्ने र टाउको चलाउन मिल्ने भएपनि उनका हातखुट्टा चल्न छाडिसकेको थियो । विस्तारै खाना निल्न समेत गाह्रो भयो ।
करिब एक तिहाई जीवनमात्र बाँचेका लिम्बूका अनुहारमा सलबलाएका खुशीहरुको पछाडी कहाली लाग्दो विगत छ । जुन सम्झँदामात्र पनि असह्य पीडा हुन्छ । जीवनदेखि हरेस खाइसकेका लिम्बूलाई आशाको सानो त्यान्द्रोले असीम खुशीको यो बिन्दुसम्म डोर्याएको छ ।
त्यसपछि उनि सोल्टी मोडमा रहेका स्पार्क हेल्थहोममा पुगे । २ महिनासम्म उनले त्यहाँ फिजियोथेरापी, एनएस, अकुपंचर, मसाज जस्ता उपचार विधिद्धारा उपचार गरे । फिजियोथेरापिष्टको नियमित निगरानी र एक्ससाइजबाट उनी २ महिना १२ दिनमा डिस्चार्ज भए ।
जिविएस एक नशा सम्बन्धी रोग हो । यो के कारण हुन्छ भन्ने थाहा छैन । रोग लागेपछि हात खुट्टा कमजोर बनाउँदै लाने, पछि गएर हातखुट्टा चल्न नै बन्द हुने र खाना निल्न र सास फेर्नसमेत समस्या हुने स्पार्क हेल्थहोमका फिजियोथेरापिष्ट डा. विशाल घलेले बताए । यही रोगले गर्दा लिम्बुलाई प्यारालाइसिस भएको थियो । सबैले सुधार हुन्छ भन्ने गरेपनि आफुलाई भने सुधार हुन्छ भन्ने विश्वास थिएन लिम्बुलाई ।
‘मेरो जीवन यति नै रहेछ अव सकियो जस्तो लागेको थियो’ लिम्बुले भने ‘विदेशी भूमिमा बिरामी हुदा के नै सोच्न सक्थें र’ ।
लिम्बु भन्छन् ‘स्पार्क हेल्थ होमको उपचारले मलाई पूर्नजन्म दिएको छ । एउटा हात वा खुट्टा चलेको भए पनि आश त हुन्थ्यो नी तर, सबै नचल्दा आश मरिसकेको थियो । सबैको सहयोग पाएर आज यसरी हिड्न सक्ने भएको छु । यो सफल उपचारले यति खुशी लागेको छ की म त्यो शब्दमा व्यक्त गर्नै सक्दिन ।’
पक्षघातले थलिएका लिम्बूको सफल उपचार भएसँगै उनका नशाहरुमा आशाको सञ्चार हुन थालेको छ । जीवन बाँच्ने जोश र उमंग पलाएको छ । मरेर बाँचेको हर्षले आत्मविश्वासको तह उँचो भएको छ । हातखुट्टा हलचल नै नगर्ने अवस्थामा पुगेका लिम्बू हिजोआज ठम्ठम्ती हिँड्छन् ।
‘मेरो जीवन यति नै रहेछ अव सकियो जस्तो लागेको थियो’ लिम्बुले भने ‘विदेशी भूमिमा बिरामी हुदा के नै सोच्न सक्थें र’ । लिम्बु भन्छन् ‘स्पार्क हेल्थ होमको उपचारले मलाई पूर्नजन्म दिएको छ । एउटा हात वा खुट्टा चलेको भए पनि आश त हुन्थ्यो नी तर, सबै नचल्दा आश मरिसकेको थियो । सबैको सहयोग पाएर आज यसरी हिड्न सक्ने भएको छु । यो सफल उपचारले यति खुशी लागेको छ की म त्यो शब्दमा व्यक्त गर्नै सक्दिन ।
डा. घलेका अनुसार जिविएसको भरपर्दो उपचार नै फिजियोथेरापी हो । नियमित रुपमा फिजियोथेरापी र योग व्यायाम गरेमा ६ महिनामा यसको सुधार हुन्छ । तर लिम्बू भने २ महिना मै समान्य अवस्थामा फर्कीएका छन् । डा. घले भन्छन् ‘यो चमत्कार सायद लिम्बूका शुभचिन्तकको शुभेच्छाले पनि सम्भव बनाएको होला ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>