काभ्रेमा पनि भेटिए कोरोना संक्रमित



Download our app to get more features

काठमडौं, ३ जेठ । काभ्रे र महोत्तरीमा गरि थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ भने कोरोनाका कारण नेपालका २६ जिल्ला प्रभावित बनेको छ ।

मन्त्रालयको नियमित ब्रिफिङको क्रममा हालसम्म देशभर १६ हजार तीन सय ६६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता डा. विकास देवकोटाले बताए । 

३ सय ३० जना आइसोलेसनमा रहेको छन् । आइसोलेसनमा रहेका मध्ये ३२ जना काठमाडौं उपत्यकामा छन् । प्रदेशगत रुपमा प्रदेश १ मा २४ जना, प्रदेश २ मा १११ जना, बागमती प्रदेशमा ६४ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेको डा. देवकोटाको भनाइ छ । 

यस्तै कोभिड–१९ का बिरामीको उपचारमा सम्लग्न कर्मचारीको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले मार्गनिर्देशनका लागि कार्यविधि तयार गरेको छ । यो कार्य्विधिले सबै स्वास्थ्यकर्मीको खटनपटनमा सहज हुनेछ । 

ब्रिफिङ कै क्रममा उनले मानव अंग प्रत्यारोपण ६ वटा डायलाइसिस मेसिन कोभिड–१९ बिरामीलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरी छुट्टाएको पनि बताए । 

स्वास्थ्यकर्मीलाई असहयोग नगर्न आग्रह 
सो क्रममा डा. देवकोटाले कोभिड–१९ उपचारमा पहिलो पङ्तीमा रहेका सबै स्वास्थ्यकर्मीको परीक्षण भइरहेको पनि जनाए । यस्तै स्वास्थ्यकर्मीहरुलाई असहयोग गरेको सुन्मा आएको र यो आफैनमा नराम्रो भएको उनको भनाइ छ । स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा असहयोग गर्ने, घरमा बस्न नदिनु भनेको आफैलाई असहयोग गरेको ठहर हुन्छ । यसकारण स्वास्थ्यकर्मीलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

Last modified on 2020-05-16 16:57:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts