प्रदेश नम्बर २ को आठवटै जिल्ला कोरोना प्रभावित, सिरहामा पनि भेटिए संक्रमित



Download our app to get more features

काठमाडौं, ३ जेठ । प्रदेश नम्बर २ को आठ वटै जिल्ला कोरोना प्रभावित बनेको छ । 

स्वास्थय तथा जनसंख्या मन्त्रालयले आज बिहान १०ः ३० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार प्रदेश २ को सिरहामा पनि कोरोना भाइरसको संक्रमित फेला परेको छ । सिरहा सखुवा १९ का ३० वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका पुरुषहरु, सर्लाही रामनगर ४ का १८ वर्षीया महिला, चितवन गढौली १ का २५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Last modified on 2020-05-16 10:52:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts