दाङमा पनि भेटिए कोरोना संक्रमित, पर्सामा फेरि ४ जना थपिए

काठमाडौं, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार राति ८ः १५ मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा पर्साका ९ र १० वर्षका बालक, २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षका पुरुष, दांगको गढवा ४ र ५ र तुलसीपुरका २३, ३६र ३४ वर्षका पुरुषहरु र काठमाडौंका ७ वर्षका बालक रहेका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।