निरोगी नेपाल बनाउन सरकारले अबका दिनमा कार्यक्रम सञ्चालन गर्ने

आगामी तीन वर्षभित्र सबै नेपाली स्वास्थ्य बीमामा समेटिने



Download our app to get more features

काठमाडौं, २ जेठ । सरकारले निरोगी नेपाल बनाउनेमा केन्द्रीत कार्यक्रम आगामी दिनमा सञ्चालन गर्नु पर्ने भएको छ ।

नयाँ आर्थिक वर्ष २०७७र ०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई निरोगी नेपाल बनाउने कार्यक्रम सञ्चालन गरिने बताइन् ।

उनले नेपालीको रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने भन्दै रोगसँग लड्ने क्षमता विकासलागि अबको दिनमा सरकारको कार्यक्रमहरु केन्द्रीत रहने बताइन् ।

यस्तै नेपालमा अब फूड एन्ड ड्रग एडमिनिस्टे्रसनको स्थापना गरिने र सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना पनि गरिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रवार संघीय संसदमा सरकारको आगामी आव २०७७÷७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने बताएकी हुन् ।

हाल वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ सय ५१ स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकिो स्वास्थ्य बीमा गरिएको सो क्रममा उनले बताईन् । आगामी तीन वर्षभित्र सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमालाई विस्तार गरिने उनले बताईन् ।

 

Last modified on 2020-05-15 17:09:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts