कोरोना महामारीमा खटेकाहरुलाई राष्ट्रपति भण्डारीद्वारा धन्यवाद



Download our app to get more features

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारी बनेको नोवेले कोरोना भाइरसको लडाईंमा खटिएकाहरुलाई धन्यवाद दिएकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम २०७७ प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले कोरोना महामारीको लडाईंमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तीन तहकै सरकार लगायतलाई धन्यवाद दिइन् ।

विश्वभर फैलिएको कोरोना महामारीका लागि हरेक समुदायको योगदान आवश्यक हुने भएकाले यो विषम परिस्थितिमा एकतावद्ध ढंगले सबैले आ आफ्नो क्षेत्रबाट सरकारले गरेका निर्णयलाई कार्यान्वयन गरेर सहयोग गरेको भन्दै उनले सबैलाई सुरक्षित रहन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाएका नेपालीप्रति संवेदना व्यक्त गर्दै कोरोनाका कारण संक्रमित भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

Last modified on 2020-05-15 16:38:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts