थप एक जनाले जिते कोरोना, नेपालमा कोरोना उपचारपछि घर फर्किने ३६ पुगे

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपाल आज थप एक जना कोरोना भाइरस मुक्त भएको बताएका छन् । मन्त्रालयद्वारा आयोजित नियमित कारोना भाइरससँग सम्बन्धित ब्रिफिङका क्रममा उनले यस्तो जनाएका हुन् ।
उनका अनुसार उदयपुरमा संक्रमित भएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय युवा निको भइ शुक्रबार घर फर्किएका हुन्। उनी २७औं दिनमा निको भएर घर फर्किएका हुन्। यो सँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ। नेपालमा हालसम्म दुई सय ५८ जनामा कारोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई १० जना पुरुष छन भने महिलाको संख्या जम्मा ४८ छ ।
प्रयोगशाला परीक्षणमा पिसिआर विधिबाट हालसम्म कुल २३ हजार ९ सय १४ गरिएका छन् । यस्तै आरडिडी विधिबाट हालसम्म कुल ६३ हजार ८५ जनाको कारोना परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट एक हजार दुई सय ५० र आडिटी विधिबाट सात सय ५८ वटा परीक्षण भएको उनले जनाकारी दिए ।