युरोपेली मुलुक स्लोभेनियाद्वारा कोरोना भाइरसमुक्त भएको घोषणा
एजेन्सी, २ जेठ । युरोपेली मुलुक स्लोभेनिया कोरोना भाइरस महामारीबाट मुक्त बनेको छ । पछिल्लो दुई साता दैनिक सात जनाभन्दा कम व्यक्तिमा मात्र संक्रमण पुष्टि भएपछि स्लोभेनिया सरकारले गए राति आफ्नो मुलुक कोरोना भाइरस संक्रमणबाट मुक्त भएको घोषणा गरेको हो ।
योसँगै कोरोनामुक्त भएको घोषणा गर्ने स्लोभेनिया युरोपको पहिलो राष्ट्र बनेको छ । स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सले गएराति देशबासीको नाममा सम्बोधन गर्दै मुलुक कोरोनामुक्त भएको घोषणा गरिएको बताए ।
२० लाख जनसंख्या रहेको स्लोभेनिया हालसम्म एक हजार चार सय ६४ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने एक सय तीन जनाको मृत्यु भएको छ ।