मकवानपुरमा पनि भेटिए कोरोना संक्रमित, बाँकेमा थप ८ जनामा पुष्टि



Download our app to get more features

काठमाडौं, २ जेष्ठ । बाँके र मकवानपुरमा गरि ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा ८ जना र मकवानपुरमा एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । मकवानपुरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित फेला परेका हुन् 

बाँके नरैनापुर १, ३ र ५ नम्बर वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३६ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Last modified on 2020-05-15 08:56:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts