प्रदेश ५ सरकारद्वारा स्वास्थ्य नीति—२०७७ स्वीकृत

रुपन्देही, २ जेष्ठ । प्रदेश नम्बर ५ ले प्रदेश स्वास्थ्य नीति—२०७७ स्वीकृत गरेको छ ।
बिहीवार बसेको प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली २०७७ स्वीकृत गरको हो ।
बैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्नेहरुका लागि विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्दे्शिका तयार गरी कार्यान्वयन गर्ने,कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने निर्णय गरेको छ ।
यस्तै बुटवलमा २ सय बेड थप्ने र भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने, बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेर बहादर केसीले बताए ।